डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृत्यु भएको हो ।
मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ । राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३० कार्तिक २०७७, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु