काठमाडौँ । २०७४ फागुन २ गते ‘भ्यालेन्टाइन्स डे’ थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपसमा रातो गुलाफ साटासाट गरेर प्रेम व्यक्त गरे । त्यही दिन ललितपुरको मानभवनस्थित एक घरमा तत्कालीन एमाले र माओवादीको संयुक्त बैठक बस्यो ।
बैठकमा ओलीलाई प्रधानमन्त्री बन्न माओवादीले समर्थन गर्ने र जतिसक्दो छिटो पार्टी एकीकरण गर्ने सहमति भयो । चुनावी तालमेललाई नै वाम एकताको आधार बनाएका तत्कालीन एमाले–माओवादीले त्यही दिनलाई नै पार्टी एकीकरणको ‘माइलस्टोन’ मानेका थिए । त्यही साल फागुन ५ देखि जेठसम्म ओली र दाहालबीच पार्टी एकताका लागि गम्भीर संवादहरू भए ।
त्यसअघि कहिले संसद्मै र कहिले पार्टीका कार्यक्रममा एकअर्काविरुद्ध कटाक्ष र रुखो टिप्पणी गर्दै आएका ओली–दाहालले आपसी सम्बन्धलाई बलियो बनाउँदै लगे । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३० कार्तिक २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा