काठमाडौँ । २०७४ फागुन २ गते ‘भ्यालेन्टाइन्स डे’ थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपसमा रातो गुलाफ साटासाट गरेर प्रेम व्यक्त गरे । त्यही दिन ललितपुरको मानभवनस्थित एक घरमा तत्कालीन एमाले र माओवादीको संयुक्त बैठक बस्यो ।
बैठकमा ओलीलाई प्रधानमन्त्री बन्न माओवादीले समर्थन गर्ने र जतिसक्दो छिटो पार्टी एकीकरण गर्ने सहमति भयो । चुनावी तालमेललाई नै वाम एकताको आधार बनाएका तत्कालीन एमाले–माओवादीले त्यही दिनलाई नै पार्टी एकीकरणको ‘माइलस्टोन’ मानेका थिए । त्यही साल फागुन ५ देखि जेठसम्म ओली र दाहालबीच पार्टी एकताका लागि गम्भीर संवादहरू भए ।
त्यसअघि कहिले संसद्मै र कहिले पार्टीका कार्यक्रममा एकअर्काविरुद्ध कटाक्ष र रुखो टिप्पणी गर्दै आएका ओली–दाहालले आपसी सम्बन्धलाई बलियो बनाउँदै लगे । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३० कार्तिक २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ