काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालीको महान् पर्व शुभ दीपावली (तिहार) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
तिहारको अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री भट्टराईले उज्यालो पर्वले सम्पूर्ण नेपालीको मुहारमा सुख छाउन सकोस्, आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ बढाउँदै शान्ति तथा सामाजिक स्थायित्व कायम भइ देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको हो ।
मन्त्री भट्टराईले सबै जातजाति र धर्मावलम्बीहरुको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई मालाजस्तै गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २९ कार्तिक २०७७, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई
ओलीकै नेतृत्वमा महाधिवेशन र पूर्व घोषणा गरेर पद छाड्ने योगेश भट्टराईको प्रस्ताव (पूर्णपाठ)
योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ: योगेश भट्टराई
अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौँ’: योगेश भट्टराई
एमाले संवैधानिक राजनीतिक निकासको बाधक बन्दैन: योगेश भट्टराई