काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालीको महान् पर्व शुभ दीपावली (तिहार) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
तिहारको अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री भट्टराईले उज्यालो पर्वले सम्पूर्ण नेपालीको मुहारमा सुख छाउन सकोस्, आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ बढाउँदै शान्ति तथा सामाजिक स्थायित्व कायम भइ देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको हो ।
मन्त्री भट्टराईले सबै जातजाति र धर्मावलम्बीहरुको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई मालाजस्तै गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २९ कार्तिक २०७७, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई
‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’: योगेश भट्टराई
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई