काठमाडौं । ठीक तीन वर्षअघि विपरीत ध्रुवमा रहेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनसहित पार्टी एकताको सैद्धान्तिक सहमति भएको थियो । त्यो सहमतिका मुख्य योजनाकार थिए– केपी शर्मा ओली र पुष्पकमल दाहाल ।
त्यही सहमतिको जगमा ‘कमान्ड’ गरेर उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभामा दुई तिहाइ मतसहित गठबन्धनलाई जिताए र पार्टी एकता पनि गरे । एकताका क्रममा उनीहरूले आफूहरूलाई जेट विमानका दुई क्याप्टेनको संज्ञा दिएका थिए । तर उनीहरूले हाँकेको नेकपाको जेट उनीहरूकै व्यक्तिगत महत्त्वाकांक्षा र कार्यशैलीका कारण ‘पिक अप’ नलिँदै ‘क्रायास’ हुन लागेको छ ।
दुई अध्यक्षबीच बिहीबार र शुक्रबार आदानप्रदान भएका आपसी ‘आरोपपत्र’ र दाहालका नाममा सचिवालय बैठकमा पेस भएको एकल दस्ताबेजले नेकपालाई दुर्घटनाको डिलमा पुर्याएको खबर कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २९ कार्तिक २०७७, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा