नेपालमा थप १५ जनाको मृत्यु, १९१३ जना संक्रमित थपिए, २३४९ जना निको भए

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०७७, १६ : ३०
नेपालमा थप १५ जनाको मृत्यु, १९१३ जना संक्रमित थपिए, २३४९ जना निको भए

चितवन । नेपालमा बितेको २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । नेपालमा हाल ३८ हजार ४६१ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार १८९ पुगेको छ ।