कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको अवस्था सुधारोन्मुख

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०७७, १० : ३१
कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको अवस्था सुधारोन्मुख

काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको कोरोना संक्रमित भएसँगै उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।निमोनियाबाट पीडित केसीलाई कार्तिक २७ गते कोरोना पुष्टि भएपछि नेपाल मेडिसिटि अस्पतालको आइसियुमा उपचार छ ।

भतिजि केसीका अनुसार ९ दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि भैरहवामा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र ग्याष्ट्रिकको औषधि दिइएको थियो । तर ३ दिनअघि स्वास्थ्यमा थप समस्या देखिएपछि पुन पीसीकार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । ८२ वर्षका केसीको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल समेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस