काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ ।
त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र शिक्षा संकायतर्फको चार वर्षे बीएससी, बीबीएस, र बीएडतर्फका नियमित र आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेसँगै सबै तहको परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
‘विश्वविद्यालयले अन्तिम तहको कार्यतालिका सार्वजनिक गरिसकेको छ । त्यसपछि पुसभित्रमा सकिने गरी अन्य तहको परीक्षा सञ्चालन गर्छौं।’ –रजिस्ट्रार प्राडा दाहालले भने । जाडो याममा परीक्षा गर्न असम्भव भएपछि त्रिविले पुसमा सकिने गरी कार्यतालिका तयार गरेको हो । अधिकांश क्याम्पसमा पुस १५ गतेदेखि जाडो बिदा हुने गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ कार्तिक २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले
त्रिविद्वारा उपप्राध्यापक पदमा दरखास्त आह्वान
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै