तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न सीसीएमसलाई आग्रह

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०७७, १९ : ५२
तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न सीसीएमसलाई आग्रह

काठमाडौं । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । 

आज सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

तिहार छठ लगत्तै उपत्यकामा बढीरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भिर छलफल भएको उहाँले बताउनुभयो । उपत्यकामा बढीरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उहाँले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताउनुभयो ।

सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वन हुन नसक्दा समस्या झन बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडी बढ्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस