नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, आज एकैदिनको २६ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०७७, १६ : ३८
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, आज एकैदिनको २६ जनाको मृत्यु


चितवन । नेपालमा बितेको २४ घण्टामा २ हजार ५६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । नेपालमा हाल ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार १७४ पुगेको छ ।