गौरव उपाध्ययको संयोजकत्वमा बेसारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र चितवनमा नयाँ कार्यसमिति

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०७७, १४ : ४१
गौरव उपाध्ययको संयोजकत्वमा बेसारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र चितवनमा नयाँ कार्यसमिति

चितवन । गौरव उपाध्ययको संयोजकत्वमा बेसारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र चितवनको ३० सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । संस्थाका केन्द्रका अध्यक्ष जंग बस्नेतको विषेश उपस्थितिमा मंगलबार भरतपुरमा एक कार्यक्रमका बीच नयाँ कार्य समिति गठन भएको हो ।

जसको सह–संयोजकमा रवि ढकाल, सचिवमा जेनिसा पाठक, सह–सचिवमा विष्णु भट्टराई, कोषाध्यक्ष चन्द्र कार्की, सह–कोषाध्यक्षमा प्रतिक्षा महतो चयन भएका छन् ।

त्यस्तै कार्यक्रम संयोजकमा प्रेमराज पौडेल, स्वास्थ्य सेवा विभागमा श्रेया रिजाल, महिला विभागमा आकांक्ष पोखरेल, सुचना तथा सञ्चारमा युवाराज जैसी क्षेत्री, युवा व्यवस्थापनमा दिपेश ज्ञावली, विदेश विभागमा विकास पाण्डे, परार्मश विभागमा कृष्ण उपाध्यय, आपतकालिनमा नविन पौडेललगायत चयन भएका छन् ।

चितवन १ वर्ष अगाडि स्थापना भएको संस्थाले सडकमा भएका बेवारिसे मानवहरुको खानपान, औषधि उपचार, बेवारिसे शवको दाहासंकार गर्ने काम गर्दै आएको थियो ।

कोभिड १९ को संक्रमण फैलिएर खानाको अभावमा नारायणी किनारमा रहेका मानिसहरुलाई करिब ४ महिनादेखि निःशुल्क भोजन गराउँदै आएको थियो । संस्थाले विभिन्न संस्था, दानविरहरुको सहयोगमा यो कामलाई निरन्तरता दिँदै आइरहेको छ ।

संस्थाका संयोजक गौरब उपाध्ययले आगामी दिनमा थप व्यवस्थित ढङगबाट बेवारिसेहरुको सेवामा सर्मपित हुने प्रतिवद्धता व्यक्त गरे । 

संस्थाका सल्लाहकार सञ्जय बरालले पुरानो कार्य समितिले पनि प्रशांसा योग्य काम गरेको भन्दै नयाँ कार्य समितिले पनि थप उचाई लिने विश्वास व्यक्त गरे । यो कार्यमा सबैजना एक जुट भई अगाडि बढेमात्र व्यवस्थित चितवन बनाउन सकिने सल्लहाकार बरालको भनाई छ ।

देशको मध्य भागमा रहेको चितवनमा बेवारिसेहरुको व्यवस्थापन गरिंदै आएपनि संख्यामा भने कमी आउन सकेको छैन । यहाँ अन्य जिल्लाबाट बेवारिसेहरु सजिलैसँग आइपुग्ने अध्ययनले देखाएको छ ।

बेवारिसेहरुको व्यवस्थापनको लागि विभिन्न संस्थाहरुले, स्थानीय निकाय तथा सरोकारवालहरुले काम गर्दै आएपनि बेवारिरेहरुलाई पूर्ण रुपमा व्यवस्थापनमा कठिनाई भइरहेको छ ।

संस्थाले विषेश गरी भरतपुर अस्पतालमाको शव गृह, विभिन्न ठाँउमा मृत्यु भई दाहासंकार गर्न नसकेकाहरुलाई देवघाटमा पुराएर दाहासंकार गरिदै आएको थियो । यसअघि यस्ता शवहरु व्यवस्थापनमा स्थानीय निकायलाई पनि असहज हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस