बझाङ कारागारबाट कोरोना संक्रमित कैदी फरार

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०७७, १२ : ५६
बझाङ कारागारबाट कोरोना संक्रमित कैदी फरार

बझाङ । बझाङ कारागारबाट कैदी फरार भएका छन् । बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् ।

राष्ट्रिय सार्वजनिक सम्पदाविरुद्घको कसुरमा सजाय भोगिरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेसन कक्षबाट फरार रहेको बझाङ कारागार जेलर झलक रोकायाले जानकारी दिए । कोरोना पोजेटिभ भएकाले उनलाई कारागारको आइसोलेन कक्षमा राखिएको थियो सो मौका छोपी धामी फरार भएको उनको भनाइ छ ।

विप्लव समुह नेकपाका कार्यकर्ता रहेका धामीलाई प्रहरीले यहि कात्र्तिक १८ गते पक्राउ गरी हिरासतमा राखेको नवौ दिनमा फरार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस