जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारले मुलुकबाट संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । उनले ओली सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने काम गरेको पनि बताए ।
‘कोरोना महामारीले मुलुक थलिएको छ । यस्तो बेला जनताको स्वास्थ्यको ख्याल राख्नुपर्ने सरकारले राजनीति चलखेल गरिरहेका छन्,’ मंगलबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता यादवले भने, ‘संघीयता र गणतन्त्रसँग खेलवाड गर्न खोजे सरकारविरुद्ध सबै मोर्चामा लड्न तयार छौं ।’ उनले जनताको जिउधनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको समेत बताए । कान्तिपुर दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २६ कार्तिक २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?