काठमाडौं उपत्यकामा १४२० जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १७ : १८
काठमाडौं उपत्यकामा १४२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार काठमाडौँमा १ हजार १४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जनामा कोरोना संक्रमण देखिएको हो ।