नेपालमा थप २२ जना संक्रमितको मत्यु, २७३६ जना संक्रमित हुँदा ८५३ जना निको

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १६ : २२
नेपालमा थप २२ जना संक्रमितको मत्यु, २७३६ जना संक्रमित हुँदा ८५३ जना निको

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार ७३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

यस्तै २४ घण्टामा ८५३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । नेपालमा हाल ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार १४८ पुगेको छ ।