काठमाडौं । कोरोना संक्रमणको जोखिम बढिरहेका बेला सरकारले भने विद्यालय खुलाउने गृहकार्य थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालन र वैकल्पिक कक्षालाई सँगसँगै अगाडि बढाउने तयारी थालेको हो ।
कोरोनाकै कारण कतिपय प्रशासन कार्यालय र स्थानीय तहका नियमित सेवासमेत बन्द गरेको सरकारले कलिला बालबालिकालाई भने संक्रमणको उच्च जोखिममा पार्ने गरी विद्यालय खुलाउन खोजेको हो ।
संक्रमण देखिएकै कारण सरकारले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासन कार्यालयमा आकस्मिक बाहेकका अन्य सेवाहरू कात्तिक २ यता खुलाउन सकेको छैन । यातायात, मालपोत, नापीजस्ता सेवा दिने थुप्रै कार्यालय पनि बन्द छन् ।कान्तिपुरमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २५ कार्तिक २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द