बागेश्वरी आइसोलेशनबाट २५ जना संक्रमित निको भएर घर फर्किए

सफल खबर संवाददाता

सोमबार, २४ कार्तिक २०७७, १८ : १०
बागेश्वरी आइसोलेशनबाट २५ जना संक्रमित निको भएर घर फर्किए

चितवन । भरतपुर महानगरपालिकाको सहयोग र योगिनरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको व्यवस्थापनमा सञ्चालित कोरोना भाइरस (कोभिड–१९) आइसोलेशनबाट सोमबार २५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । 

दुई महिना अगाडिदेखि सञ्चालनमा रहेको यस आइसोलेशन केन्द्रमा हालसम्म ३४६ जनाले उपचार लिएका छन् । जसमा २८० जना संक्रमण मूक्त भएर घर फर्किएका छन् भने ६६ जना उपचाररत छन् ।

सोमबार राष्टि«य सभा सदस्य पार्वती रावलले संक्रमणमुक्त भएका २५ जनालाई गुर्जोको विरूवा हस्तानान्तरण गरी बिदाइ गरिन् ।

सो अवसरमा साँसद रावलले भरतपुर महानगरपालिकाको सहयोग र योगिनरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयको व्यवस्थापनमा सञ्चालित आइसोलेशन केन्द्र देशकै उत्कृष्ट रहेको भन्दै यसलार्इ अझै व्यवस्थित गर्दै लैजानुपर्ने बताए । 

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उप प्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, आइसोलेशन केन्द्रका संयोजक तथा भरतपुर महानगरपालिकाका प्रवक्ता अरूणपिडित भण्डारी प्राकृतिक चिकित्सालयका अध्यक्ष कमल मल्ल लगायतको उपस्थिति रहेको थियो ।

यस आइसोलेशन केन्द्रमा प्राकृतिक तथा योग पद्दतिबाट संक्रमितको उपचार गरिएको र सबै संक्रमितहरूको सफल उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले जानकारी दिए । यस केन्द्रमा उपचारका लागि आउने संक्रमितहरूको उपचार, खानपानमा  पिसिआर परीक्षणको सम्पूर्ण व्यवस्था भरतपुर महानगरपालिकाले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस