नेपालमा थप १८ जना संक्रमितको मत्यु, २५७१ जना संक्रमित हुँदा १७९८ जना निको

सफल खबर संवाददाता

सोमबार, २४ कार्तिक २०७७, १६ : २०
नेपालमा थप १८ जना संक्रमितको मत्यु, २५७१ जना संक्रमित हुँदा १७९८ जना निको

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार ५७१ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ७९८ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । नेपालमा हाल ३६ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार १२६ पुगेको छ ।