काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बारको कार्यसमितिले शनिबार श्रेष्ठको नाम सिफारिस गरेको हो ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी ४ वर्षका लागि परिषद्को सदस्य हुनेछन् । श्रेष्ठ यसअघि पनि न्याय परिषद्मा सदस्य भइसकेका व्यक्ति हुन् ।
नयाँ संविधान बनेपछि उनी कार्यकाल पूरा नगर्दै पदमुक्त बनेका थिए । तर पछि भने बारले उनको नाम सिफारिस गरेन । बारबाट सिफारिस भएका रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २३ कार्तिक २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस
न्याय परिषद् सदस्यमा खड्काको नाम अनुमोदन
न्याय परिषद् सदस्यमा सिफारिस खड्काविरुद्ध उजरी आह्वान