काठमाडौं । सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीपख चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जीपमा सवार अन्य पाँच जना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो । प्रहरी घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ कार्तिक २०७७, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन