काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।
त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा। पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिए । विश्वविद्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको छ ।
यस क्रममा स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको छ । विद्यार्थीको शैक्षिक सत्र सदुपयोग हुन सकोस् भन्ने हिसाबले विश्वविद्यालयले अन्तिम तहका विद्यार्थीलाई प्राथमिकतामा राखिएको हो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ कार्तिक २०७७, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविद्वारा उपप्राध्यापक पदमा दरखास्त आह्वान
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै
त्रिविद्वारा सरकारसँग सुरक्षा माग
पठनपाठन रोकिएपछि त्रिविमा इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन
त्रिविमा नेविसंघको प्रदर्शन
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त