काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टीसम्बन्धी मुद्दा बैंक अफ काठमान्डु (बीओके) र हिमालयन बैंकले जितेका छन् । यससँगै ती बैंकले पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानीबापतको करिब डेढ अर्ब रुपैयाँ पाउने भएका छन् ।
ग्यारेन्टीबापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्ने गरी चीनको हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट अदालतले मुद्दाको फैसला गरेको हो । योसँगै चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सीसीबी) ले बीओके र हिमालयन बैंकलाई रकम फिर्ता गर्नुपर्ने भएको छ ।
रकम फिर्ताका लागि दुवै बैंकले शुक्रबार नै दाबी पठाएका छन् । ‘रकम फिर्ताका लागि बैंकले पत्र पठाइसकेको छ,’ बीओकेका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले भने, ‘फैसला हाम्रै पक्षमा भएकाले पैसा फिर्ता पाउनेमा ढुक्क छौं ।’
अदालतको आदेशविरुद्ध हारेको कम्पनी उच्च अदालतमा जान पाउने व्यवस्था छ । यसअघि उच्च अदालतले तल्लो अदालतलाई मुद्दा पुनर्विचार गर्न निर्देशन दिइसकेकाले आफूहरू बलियो रहेको उनले बताए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ कार्तिक २०७७, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी