काठमाडौं । गण्डकी प्रदेशको कास्की र लम्जुङका छुट्टाछुट्टै आगलागीका कारण भौतिक क्षति पुगेको छ । कास्कीको पोखरा महानगरपालिका–१३ कञ्चन टोलमा आज बिहान सुनीलप्रसाद घिमिरेको होमसेन्टर फर्निचर उद्योगमा आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण नखुलेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
आजै लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारबाट रामबजारतर्फ जाँदै गरेको ग१त ५०९७ नं.को खाली ट्याक्टरमा आफै आगलागी भएको प्रहरीले जनाएको छ । ट्याक्टरको अगाडिको भाग पूर्णरुपमा नष्ट भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ कार्तिक २०७७, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि