धनगढी । धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई पक्राउ गरेको हो ।
बेचविखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
उनका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैलासहित चार जना पुरुषलाई पक्राउ गरिएको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०७७, १७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ