अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, १६ : ५५
अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक

काठमाडौं। झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक भएको छ।

हलमा प्रदर्शनमा आएको डेढ वर्षपछि युट्युबमा सार्वजनिक भएको हो। सुनिल कुमार थापाले निर्माण गरेको यो चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतले अभिनय गरेका छन् । 

चलचित्रमा अनमोललाई सुपरस्टारको भूमिकामा देखाइएको छ भने सुहानालाई उनको फ्यानको भूमिकामा देखाइएको छ।

यहि चलचित्रबाट निर्देशक झरनाकी छोरी सुहानाले नेपाली चलचित्र क्षेत्रमा इन्ट्री मारेकी हुन्। झरनाको अर्को सिरिज ‘ए मेरो हजुर ४’ मा पनि सुहाना र अनमोल नै देखिनेछन्। जसको छायांकनको काम भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस