ओली–प्रचण्डको भेटवार्ता सकियो, हात लाग्यो शून्य !

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, १४ : ४९
ओली–प्रचण्डको भेटवार्ता सकियो, हात लाग्यो शून्य !

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता विनानिष्कर्ष सकिएको छ ।

झण्डै तीन घण्टा भएको भेटवार्ता आरोप–प्रत्यारोपमै सीमित बनेको स्रोतले बताएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै अध्यक्षले पुरानै आफ्ना अडान दोहोर्याएपछि वार्ता हात लाग्यो शून्यमा परिणत भएको स्रोतको भनाइ छ । 

प्रचण्डले स्थायी समितिका निर्णयहरु कार्यन्वयन नगरेको पर्सामा नेता चौरसिया मृत्यु प्रकरणमा छानविनका लागि सरकारले तदारुकता नदेखाएको तथा कर्णाली विवादमा समस्या समाधान गर्नुको साटो चर्काउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए भने प्रधानमन्त्री ओलीले सरकारको राम्रा कामको प्रचारप्रसार नगरेको, सरकारलाई काम गर्न नदिएको, हरेक ठाउँमा भागवन्डा खोजेको, पूर्वएमालेभित्र खेलेर प्रधानमन्त्रीलाई कमजोर पार्न खोजेको आरोप लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस