नवलपुरमा भीरबाट खसेर महिलाको मृत्यु

रासस

विहीबार, २० कार्तिक २०७७, १३ : ५४
नवलपुरमा भीरबाट खसेर महिलाको मृत्यु

नवलपुर । नवलपुर जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट (सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार लापाकको भीरमा घाँस काट्न जाने क्रममा उनको मृत्यु भएको थियो । अबेरसम्म पनि घर नआएपछि उनको खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आफन्तले खोजी गर्नेक्रममा भीरबाट करिब २५ मिटर तल खोल्सामा उनको शव फेला परेको प्रहरीको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस