पार्टी विभाजन कि एकता ? ओली–प्रचण्ड फेरि भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, १३ : ११
पार्टी विभाजन कि एकता ? ओली–प्रचण्ड फेरि भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज फेरि बालुवा-टारमा भेटवार्ता भएको छ ।

पार्टी विभाजनको रस्साकस्सीमै दुई अध्यक्षबीच भएको भेटवार्तालाई चासोको रुपमा हेरिएको छ । ओली–प्रचण्डको पछिल्लो यो भेटवार्ता पार्टीलाई विभाजनतर्फ ढल्काउने कि एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा केद्रित हुने बताइएको छ । दुई अध्यक्षबीच देखिएको लामो समयदेखिको विवादलाई समाधान तर्फ लैजान्छ कि विभाजनतर्फ लैजान्छ भन्ने विषय अझै अन्यौल रहेको नेकपाका एक नेताले बताए । 

पछिल्लो समय दुवै अध्यक्षले आ आफ्नो गुटमा जे पनि हुन सक्ने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । दुई अध्यक्षबीचको सहमति नै पार्टीको लागि निकास भएको भन्दै दोस्रो तहका नेताहरुले दबाब दिएपछि दुई अध्यक्षबीच आज भेटवार्ता भएको हो । भेटवार्ताको लागि दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीले ओलीले अध्यक्ष दाहाललाई छुट्टिने भए सल्लाहमै छुट्टिन भनेका थिए । अध्यक्ष ओलीको पार्टी टुक्राउने भनाई आफू निकट नेताहरुलाई अध्यक्ष प्रचण्डले बताएका थिए । दोस्रो तहका नेताहरुले प्रचण्डलाई अध्यक्ष ओलीसँग अझ एक पटक वार्ता गरेर पार्टीलाई एकताबद्ध बनाउन सुझाव दिएपछि प्रचण्ड बालुवाटार पुगेका स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले यसअघि एक कार्यक्रममा आफूले कुनै हालतमा प्रधानमन्त्रीको राजीनामा नदिने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस