एभरेष्ट बैंकले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, ११ : ५०
एभरेष्ट बैंकले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ५.५३ प्रतिशत नगद  (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

बैंकको बुधबार बसेको बैठकले २०७६–७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पास भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् । एभरेष्टले गत वर्ष २० प्रतिशत नगद र ५ प्रतिशत बोनस  सेयर गरी कुल २५ प्रतिशत लाभांश दिएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको नाफा नाफा १८.१४ प्रतिशतले घटेर २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रुपैयाँमा सीमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस