पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०७७, ०८ : २७
पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । उनको  उपचारको क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको हो ।

माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित रहेकी उनमा कोरोना संक्रमण भएपछि अवस्था गम्भीर बनेको थियो । नर्भिकमा उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि बुधबार बिहान निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि दाङबाट काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस