काठमाडौं । कोरोना सङ्क्रमणबाट सप्तरीमा थप दुई पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका—४ बस्ने ५८ वर्षीय पुरुषको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
मोरङ्गमा जिल्लामा शिक्षण पेशामा कार्यरत उहाँलाई ज्वरो आउने, टाउको दुखेपछि विराटनगरस्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सो क्रममा परीक्षण गराउँदा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो । लामो समयदेखि मधुमेह, उच्च रक्तचापबाट पीडित उहाँलाई मिर्गौलामा असर भएका कारण अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरी निवासी ३० वर्षीय पुरुषको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका—६ निवासी ती पुरुषको सोमबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनुभयो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
दुवै शवको व्यवस्थापनको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै सप्तरी जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ कार्तिक २०७७, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु