गीतको विषयमा पक्राउ गर्नुपर्ने कारण नभएको भन्दै भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १७ : २३
गीतको विषयमा पक्राउ गर्नुपर्ने कारण नभएको भन्दै भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत, पाटनले पप गायक भिटेन ९समिर घिसिङ० लाई पक्राउ नगर्न आदेश दिएको छ । 

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।

गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको अदालतले भनेको हो ।

घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस