डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बनमा गोठाला गएका बेलामा रुखमा गोलो बनाइ बसेको अरिङ्गालले आइतबार साँझ उनलाई टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएकी ती महिलालाई मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि आइतबार राति नै घरमा लगिएको थियो ।
घरमा लगिएकी महिलाको आज बिहान करिब २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएको छ । तीन दिनको अवधिमा जिल्लामा अरिङ्गालको टोकाइबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
केही दिन पहिले मात्रै जिल्लाको सायल गाउँपालिकाका एकै घरका दुई बालिकाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ कार्तिक २०७७, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु