डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बनमा गोठाला गएका बेलामा रुखमा गोलो बनाइ बसेको अरिङ्गालले आइतबार साँझ उनलाई टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएकी ती महिलालाई मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि आइतबार राति नै घरमा लगिएको थियो ।
घरमा लगिएकी महिलाको आज बिहान करिब २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएको छ । तीन दिनको अवधिमा जिल्लामा अरिङ्गालको टोकाइबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
केही दिन पहिले मात्रै जिल्लाको सायल गाउँपालिकाका एकै घरका दुई बालिकाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ कार्तिक २०७७, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु