काठमाडौं । यहाँ आज साँझ फेरि एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज साँझ ६ बजे दमक नगरपालिका वडा नं ७ की ५५ वर्षीया महिलाको मृत्यु भएसँंगै दमकमा एकैदिन मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
नगरपालिका, स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार चार दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेकी उनको उपचारका लागि दमकको एडभान्स हस्पिटल ल्याउँदा ल्याउँदै साँझ बाटैमा मृत्यु भएको हो । संक्रमणबाट दमकमा एकैदिन यतिका संख्यामा मृत्यु भएको पहिलो हो ।
यसअघि आज बिहान मात्र दुई संक्रमित पुरुषको मृत्यु भएको थियो । यससँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ र जिल्लामा ४७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ कार्तिक २०७७, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु