भिटेनको गीत संशोधनसहित पुनः रिलिज हुने

सफल खबर संवाददाता

आइतबार, १६ कार्तिक २०७७, १६ : ३३
भिटेनको गीत संशोधनसहित पुनः रिलिज हुने

काठमाडौँ । -यापर समिर घिसिङ ‘भिटेन’ले  आफ्नो नयाँ गीत ‘पारा’ संशोधनसहित पुनः रिलिज गर्ने भएका छन् । 

फेसबुक पेजमार्फत विज्ञप्ति जारी गर्दै भिटेनले कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको हुनाले पुनः रिलिज गर्ने जनाएका छन् ।

उनले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशित गर्ने जनाएका छन् । विज्ञप्तिमा गीतबाट असुविधा पुगेका सम्बन्धितहरू निकायहरूसँग उनले माफी मागेका छन्।

विज्ञप्तिमा लेखिएको छ, ‘उक्त म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन आग्रह गर्दै आधिकारिक च्यानलबाट चाँडै नै संशोधित भिडियो प्रशारण हुने जानकारी गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस