काठमाडौँ । पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा –गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनदेखि रिडी, गुल्मीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका ज्ञवालीको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको थियो ।
मोटरसाइकल पछाडि सवार घाइते गुल्मी, ग्वादी गाउँपालिका –४ बस्ने ४३ वर्षीय अनिल ज्ञवाली भने लुम्बिनी मेडिकल कलेजमा उपचारपछि घर फर्केको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ कार्तिक २०७७, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु