चितवन । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा साँझ ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १४ कार्तिक २०७७, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु