काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । सोही समयमा देशभर ३०३८ जना निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ भने १ लाख २४ हजार ८३२ जना निको भएका छन् । हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०७७, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण