नेपालमा आज १९५४ जना कोरोना संक्रमित थपिए, २९८१ जना निको भए, ११ जनाले ज्यान गुमाए

सफल खबर संवाददाता

बुधबार, १२ कार्तिक २०७७, १६ : २९
नेपालमा आज १९५४ जना कोरोना संक्रमित थपिए, २९८१ जना निको भए, ११ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा १ हजार ९५४ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

यस्तै २४ घण्टामा २ हजार ९८१ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । नेपालमा हाल ३९ हजार ६४३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७ पुगेको छ ।