अमेरिकी राजदूतले पकाए खसीको मासु, चिनियाँ राजदूतले आफै गाइन् रेशम फिरिरि (भिडियो सहित)

नेपालको कला संस्कृतिमा भिज्दै यहाका जनतासँग आफुलाई कसरी एकाकार गराउने भन्नेमा दुई शक्ति राष्ट्र अमेरिका र चीनका नेपालस्थित राजदुतको एक किसिमले प्रतिस्पर्धा नै चलेको देखिन्छ । यसले नेपालको कला सस्कृतिलाई भने विश्वस्तरमा चिनाउन मद्दत नै पुगेको देखिएको छ ।

सफल खबर संवाददाता

बुधबार, १२ कार्तिक २०७७, ०९ : १३
अमेरिकी राजदूतले पकाए खसीको मासु, चिनियाँ  राजदूतले आफै गाइन् रेशम फिरिरि (भिडियो सहित)

काठमाडौं । नेपाल सामारिक रुपमा अहिले चीन, भारत र अमेरिकाको महत्वमा कति छ भन्ने कुरा नेपालस्थित सम्वन्धित देशका राजदुतको गतिविधिले देखाउँछ । नेपालको राजनीतिक, संस्कृतिक, भौगोलिक संरचनामा उनीहरुले अहिले अति महत्व दिन थालेका छन् । सिधा राजनीतिक हस्तक्षेप बढाउन नसकेपछि विदेशीहरुको चासो नेपालको सास्कृतिक क्षेत्रमा देखिन थालेको छ ।

चाडवाड, पर्वहरुमा उनीहरुले उत्तिकै चासो र महत्व दिन थालेका छन् । त्यसमाथी नेपालको गीत संगितमा पनि उनीहरुले चासो दिने र आफ्नै नाच्ने गाउने गर्न थालेका छन् । यसमा अमेरिका र चीनका राजदुतको बढी ध्यान केन्द्रीत हुन थालेको छ । नेपालीहरुप्रति आफनो अपनत्व देखाउन र महत्व बढाउन चीन र अमेरिकाका राजदुतका वीचमा प्रतिस्पर्धा नै चलेको छ भन्दा हुन्छ ।

यसपटकको दशैंमा पनि अमेरिकी राजदुत ¥यान्डी बेरीले ढाका टोपीमा सजिएर टीका थापेको फोटो अफिसियल्ली समाजिक सन्जाल ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

उनले दशैंका बेला खसीको मासु पकाउँदै गरेको भिडियो अमेरिकी दूतावासले सार्वजनिक गरेको छ । दशैंको रमाइलोमा खसीको मासु खाने र त्यसलाई पहिलो पटक पकाएको अनुभव पनि राजदुतले साँटेका छन् । राजदुत बेरीले चाड मनाइरहेका सबैमा शुभकामना दिदै लेखेका छन्, – ‘२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं । ’

हेर्नुहोस भिडियो 

उता चीनका राजदुत पनि के कम ! चिनिया राजदुत होउ यान्कीले पनि यसपटक नेपालमा मात्रै होइन, विश्वमै चर्चित बनेको नेपथ्य समुहको गीत रेशम फिरिरि वोलको गीत गाएकी छिन र दशैको सुभकामना साटेकी छिन् ।

चिनियाँ लबजमा उनले गाएको नेपाली गीत सुन्दा रमाइलो लाग्छ । यान्कीले यस अगाडी पनि नेपाली गीतमा नाचेकी थिइन । राजदुत यान्कीले गीत सार्बजनिक गर्दै लेखेकी छिन्,– ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं । यसले सबैलाई शौभाग्य र खुशी ल्याओस ।’

यस्तै उनले दशैंको शुभकामना दिँदै लेखेकी छन्, –’बडा दशैंको उपलक्षमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुख,समृद्धि र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु !’

हेर्नुहोस भिडियो 

नेपालको कला सस्कृतिमा दुई शक्तिशाली देशका नेपालस्थित राजदुतले देखाएको यो अनौठो प्रेम सकारात्मक अर्थमा पनि लिन सकिन्छ । दुवै शक्ति राष्टको चासो अहिले नेपालमा बढेको छ । अमेरिका नेपालको भूमिमा आफनो बलियो उपस्थिती देखाएर चीनमाथी निगारानी बढाउने र घेरावन्दी गर्ने रणनीतिक लक्ष्यका साथ आगडी बढेको छ । उता चीन पनि आफनो सानो छिमेकी मुलुकसँग हातेमालो गदै आफुसँगको बलियो सम्वन्धमा रहेको देखाउन चाहिरहेको छ ।

यस्तो रणनीतिक अर्थका बेला दुवै देशका राजदुतले यहाको कला, सस्कृतिमा आफुलाई समेत होम्दै क्रमशः नेपाली जनतासँग भिज्ने अथक प्रयासमा लागेको यी दुई घटनावाट पनि बुझन सकिन्छ ।

तर यसले नेपालको कला संस्कृतिलाई थप विश्वसामु चिनाउने मात्र होइन, यहाको पर्यटन, संस्कृतिलाई विश्वमा चिनाउने अवसर पनि नेपालका लागि मिलेको छ । दुई शक्ति राष्ट्रको प्रतिस्पर्धा यसमा पनि चलेकै छ ।

प्रतिक्रिया दिनुहोस