“जून बद्लेर” आए स्वरुपराज र समृद्धि

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०७७, ११ : ३७
“जून बद्लेर” आए स्वरुपराज र समृद्धि

“मन विनाको धन”गीतका रचनाकार बिराजको शब्द रहेको नयाँ गीत “जून बद्लेर”स्वरुपराज आचार्य र बाल गायिका समृद्धि तिमल्सिनाको सुमधुर स्वरमा सार्वजनिक भएको छ । संगीतकार चक्रपाणि तिमल्सिनाद्वारा  संगीतबद्ध गरिएको गीत कुमार थापाले संगीत संयोजन गरेका छन् ।

अकष्टिक नेपाल, नक्सालमा रेकडिङ्गभएको गीतका रेकर्डिस्टराजा बाबु चौधरी हुन् भने ध्वनी सम्पादन तथा तथा मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् ।
कंगारु क्रियसन्स प्रा.लिको ब्यानरमा तयार भएको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन रवि लामाले गरेका हुन्। क्यामरामा रक्की रहेका छन्। उक्त गीत संगीतकार चक्रपाणि तिमल्सिनाको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ । 

प्रतिक्रिया दिनुहोस