आजको कोरोना अपडेट : थपिए २ हजार ८५६, निको भए ३ हजार ३३६

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०७७, १६ : २०
आजको कोरोना अपडेट : थपिए २ हजार ८५६, निको भए ३ हजार ३३६

काठमाडौँ । नेपालमा आज दुई हजार ८५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३३६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यसैगरी हालसम्म एक लाख ११ हजार ६७० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ६ प्रतिशत रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस