कुभिन्डोको मूल्य घट्यो

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०७७, १३ : २१
कुभिन्डोको मूल्य घट्यो

काठमाडौँ । बजारमा कुभिन्डोको माग कम भएपछि मूल्य घटेको छ । कोभिड संक्रमणको जोखिमका कारण मठमन्दिरहरु सर्वसाधारणका लागि बन्द भएका छन् ।

नवरात्रीमा मन्दिर गई कुभिन्डोको विधिपूर्वक पूजाआजा गरी देवीदेवतालाई चढाउने चलन छ । तर भक्तालुहरुका लागि मठमन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दशैंमा कुभिन्डोको माग घटेको छ ।

कुभिन्डो खासगरी नवरात्रीको चांैथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशु बलि नदिनेहरुले कुभिन्डो बलि दिनका लागि प्रयोग गर्ने चलन रहेको छ । तर यस वर्ष कोभिड संक्रमणका कारण मठमन्दिरलगायत शक्तिपीठहरुमा पूजाआजा गर्न रोक लगाइएपछि कुभिन्डोको माग घटेको छ । माग घटेपछि मूल्य पनि घटेको छ ।

गत वर्ष एउटा कुभिन्डो झण्डै ४ सय रुपैयाँमा बिक्री भएको तर यस वर्ष १ सय देखि १ सय ५० रुपैयाँमा पनि विक्री हुन नसकेको व्यपारीहरुले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस