विश्व पोलियो दिवसमा चितवनमा साइकल -याली

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, १२ : ५१
विश्व पोलियो दिवसमा चितवनमा साइकल -याली

चितवन । आज  विश्व पोलियो दिवस । सोही दिवसको अवसर पारेर आज  चितवन गैंडाकोट र कावासोतीका रोटरी क्लबहरूले संयुक्त रूपमा जनचेतनामुलक साइकल -याली गरेका छन ।

रोटरी इन्टरनेशनलको पहलमा एक दशक पहिलेदेखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो । सन् २०१० को अगस्ट १० मा नेपाल पोलियो मुक्त राष्ट्र घोषित भइसकेको छ । प्राण घातक पोलियो रोगले प्रायः पॅाच बर्ष मुनिका बालबालिकाहरूलाई असर गर्दछ । पोलियो रोग विश्वबाट नै उन्मुलन हुने अवस्थामा रहेता पनि दक्षिण एसियाको अफगानिस्तान र पाकिस्तानमा पोलियोको केही केसहरू बॅाकी देखिएकाले नेपालमा पनि यसको भाइरस कुनै पनि बेला आउन सक्ने सम्भावना रहेकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको देखिन्छ ।

साइकल -याली नारायणगढको लायन्स चौक बाट सुरू भई सिनर्जी रोड, बाइपास रोड, जिल्ला प्रशासन कार्यलय, चौबीस कोठी, कृष्णपुर , धर्म चौक हुँदै सहीद चौक, मिलन रोड हुँदै लीला चोक मेनरोडबाट उद्योग वाणिज्य संघ चितवनको परिसरमा पुगेर समापन भएको थियो । 

नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक निरञ्जन प्रधानले संचालन गरेको कार्यक्रममा  रोटरी अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्र कुमार पियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पोलियोप्लस् सबकमिटी चेयर शरद गोपाल न्याच्छोंबाट प्राप्त शुभ कामना सन्देश पढेर सुनाइएको थियो भने जोन २३ का एसिष्टेन्ट गभर्नर रोटरीयन प्रेम कृष्ण खनाल रोटरी क्लब अफ चितवनका अध्यक्ष रोशन पिया, रत्ननगरका अध्यक्ष शिबराज उप्रेती, नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठ, नारायणी मिड टाउनका अध्यक्ष यामनाथ शर्मा, भरतपुरका अध्यक्ष डा रेबन्तकुमार भट्टराई, गैंडाकोटका अध्यक्ष शंकरप्रसाद घिमिरे, कावासोतीका अध्यक्ष भोजराज दाहाल, डिष्ट्रिक्ट अफिसियलहरूमा कम्यूनिटी सर्भिस कमिटी चेयर उत्तम लाल चुके, पोलियोप्लस सबकमिटी सदस्य  हरीप्रसाद सुबेदीलगायत पूर्बअध्यक्षहरू तथा सदस्यहरूका साथै चितवन राइडर्स क्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस