खस भाषाको पहिलो टेलिश्रृङ्खला भागाभाग

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, १२ : ११
खस भाषाको पहिलो टेलिश्रृङ्खला भागाभाग

काठमार्डौँ । आजभोलि दिनप्रतिदिन नयाँनयाँ हास्य टेलिशृङ्खलाहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को के छ खबर टिभीले उत्पादन गरेको खस भाषाको पहिलो टेलिशृङ्खला “भागाभाग”।

उक्त खस भाषाको पहिलो टेलि शृङ्खला “भागाभाग” मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्यङ्गात्मक शैलीमा जनचेतनामुलक सन्देश फैलाउने यस “भागाभाग” सिरियलले भुमिका निर्वाह गरेको पाइन्छ।

जसको सम्पादक जयनकुमार मोक्तानले गरेको छ भने उत्पादन सल्लाहकार योगेन्द्र कार्की रहेको छ भने क्यामेरा बिनोद बिष्ट हुन् । उक्त सिरियलमा कलाकारहरुको श्रृङ्गार दिपेन्द्र हमालले गरेको छ। ध्वनि स‌ंयोजनमा भने शङ्कर बोहराले महत्वपूर्ण भुमिका निभाइ सिरियललाई सुनमा सुगन्धित बनाएका छन् । उत्पादन तथा प्रबन्धक कीर्तिबहादुर सिंहले गरेका छन् ।

गायक नारायण डङ्गोल रहेको छ। सिरियललाई नारायण उपाध्याले लेखन तथा निर्देशन गर्नु भएको छ। सिरियलको निर्माता किर्ती बहादुर सिंह र मिना जिसि हुन् । कलाकारहरुमा किर्ती बहादुर सिंह, मिना जि सि, नारायण दत्त उपाध्या, अनुजा सिंह, नन्द कृष्ण पाण्डे, बिनोद पोखरेल र सुबास घिमिरे रहेका छन्।

प्रतिक्रिया दिनुहोस