आइपिएल : चेन्नईलाई १० विकेटले हराउँदै मुम्बई शीर्षस्थानमा

रासस

शनिबार, ०८ कार्तिक २०७७, ०८ : ३१
आइपिएल : चेन्नईलाई १० विकेटले हराउँदै मुम्बई शीर्षस्थानमा

एजेन्सी । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो ।

मुम्बईको जितका लागि ओपनर ब्याट्सम्यान इसान किसनले अर्धशतकीय पारी खेले । 

किसनले ६८ रनको अर्धशतकी पारी खेलेका हुन् । उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै अविजित अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै र क्विन्टन डि कँकले अविजित ४६ रन जोडे । डि कँकले ३७ बल खेल्दै ५ चौका र दुई छक्का प्रहार गर्दै ४६ रन जोडेका हुन् । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नइले खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन जोडेको थियो । चेन्नइले पावर प्लेमा मात्र पाँच विकेट गुमाएको थियो । चेन्नइले पावर प्ले सकिन तीन बल बाँकी रहँदा २१ रन जोडेर पाँच विकेट गुमाइसकेको थियो । 

त्यसपछि कप्तान महेन्द्र सिंह धोनी र साम कुरानाले चेन्नइको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर, धोनी १६ रन जोड्दै पेभिलियन फर्किए । उनी राहुल चहारले गरेको सातौ ओभरको चौथो बलमा विकेटकिपर ब्याट्सम्यान विन्टन डि कँकबाट क्याच आउँट हुँदै पेभिलियन फर्किएका थिए । 

त्यसपछि मैदान आएका दीपक चहार शुन्य रनमा आउट भएपछि कुरानलाई शार्दुल ठाकुरले साथ दिएका थिए । ठाकुर पनि ११ रनमा चेन्नइको आठौ विकेटको रुपमा पेभिलियन फर्किए । 

चेन्नइका लागि कुरानले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेल्दै चेन्नइको स्कोर सम्हालेको थिए । उनी २० औं ओभरको अन्तिम बलमा बोल्टबाट बोल्ड आउट भए । इमरान ताहिर भने १३ रनमा अविजित रहे । 

चेन्‍नइलाई सस्तैमा समेट्न मुम्बईका लागि ट्रेन्ट बोल्टले चार विकेट लिए । निकै नै किफयति बलिङ गरेका बोल्टले चार ओभरमा एक ओभर मेडन राख्दै मात्र १८ रन खचेर चार विकेट लिएका थिए । त्यस्तै जसप्रित बुम्राह र राहुल चहारले समान दुई-दुई तथा नाथन कोउल्टर निलले एक विकेट लिए ।

यस जितसँगै मुम्बई अंक तालिकाका् शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले १० खेल खेल्दै सातमा जित र तीन खेलमा हारसहित १४ अंक जोडेको छ । दिल्ली र बैंगलोरको पनि समान अंक भएपनि रन रेटका आधारमा मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । ११ खेल खेलेको चेन्‍नइ भने मात्र तीन खेलमा जित निकाल्दै ६ अंक जोडेर तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस