काठमाडौं उपत्यकामा १५५२ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, १६ : ४३
काठमाडौं उपत्यकामा १५५२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ र ललितपुरमा १ सय ५७ जनामा कोरोना संक्रमण देखिएको हो ।