२ अर्ब रुपैंया बराबरको नयाँ नोट बजारमा

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, १२ : २९
२ अर्ब रुपैंया बराबरको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैंया बराबरको नयाँ नोट बजारमा पठाएको छ । 

राष्ट्र बैंकले २० रुपैयाँ दरको संकेत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट बिहीबारदेखि बजारमा पठाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।  

२० रुपैयाँको नोट जारी भए पनि अघिल्लो वर्षजस्तै सबै नोट भने बजारमा पठाइएको छैन ।

प्रतिक्रिया दिनुहोस