गायकी सिकाउने एप्सको क्रेज

बुधबार, १५ कार्तिक २०७४, २० : ३६
गायकी सिकाउने एप्सको क्रेज


एक जमाना थियो, गीत गाएको सुन्न वा रेकर्ड गराउन रेडियो नेपाल नै पुग्नुपथ्र्यो । पछि रेडियोमा खाली चक्कामा रिल हालेर गीत गाउन सकिने प्रविधि आयो । बिस्तारै टेप रेकर्डरमा आवाज रेकर्ड गराउने सकिने भइयो । त्यो प्रविधिको विकास नै थियो । अहिले भने प्रविधिको बढ्दो विकासले इच्छाएका कुरा स्मार्टफोनमा पाउन सकिन्छ ।

    गीत सिक्न होस् या रियाज गर्न, अब संगीत पाठशाला पुग्नुपर्दैन । हातहातमा भएको स्मार्टफोन नै सबै चीजको ‘गुरु’ बनेको छ । गीत गाउन सिकाउने विभिन्न एप्सको प्रयोग अहिले विश्वव्यापी रूपमा बढ्दो देखिन्छ ।

गीत सिक्न होस् या रियाज गर्न, अब संगीत पाठशाला पुग्नुपर्दैन । हातहातमा भएको स्मार्टफोन नै सबै चीजको ‘गुरु’ बनेको छ । गीत गाउन सिकाउने विभिन्न एप्सको प्रयोग अहिले विश्वव्यापी रूपमा बढ्दो देखिन्छ ।

स्टारमेकर

‘सिंग टु कन्टेक्ट ! स्टारमेकर’ एक क्यारिओके एप हो, जसको प्रयोग गरी प्रयोगकर्ताले कभर निकाल्न सक्छन् । यसमा खोजेका गीतको ट्रयाक, शब्द, संगीत र कुन–कुन बेला गाउने सबै सिकाउँछ । एक्लै मात्रै हैन, मनपरेको कलाकार वा अरु कोहीसँग कोल्याब गरेरसमेत गाउन सकिन्छ ।

सन् २०१० मा बनाइएको स्टारमेकर क्यारिओक एपले अहिले नयाँ अपग्रेड समेत गरेको छ । यसमा भिडियो र अडियो रेकर्ड, कभर फोटो हालेको भ्वाइस र विभिन्न इफेक्टससमेत प्रयोग गर्न सकिन्छ । यसमा स्वर र संगीतको ब्यालेन्स मिलाउन सकिन्छ ।

विश्वभरबाट साथी बनाउन पाइने, एउटै फोनमा गीत पोस्ट गरेर सामाजिक सञ्जालमा सेयर गर्न पाइने भएकाले यो एप संगीतप्रेमीले निकै मनपराएका छन् ।

विश्वविख्यात कार्यक्रम अमेरिकन आइडल २०१७ मा समेत मोबाइल अडिसन आउँदै छ । जित्नेले सिल्भर टिकट पाउने मात्र नभई प्रख्यात गायिका केटी पेरीलाई पनि भेट्न सक्छन् ।

यसले काराओके गाउँदागाउँदै संसारका विभिन्न ठाउँका साथी बनाउन सक्ने सुविधा दिएको छ । यसमा काराओकेमा गाउँदागाउँदै भविश्यको स्टार बन्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

स्म्युल
अर्को क्यारिओके एप छ– स्म्युल । गीत गाउन चाहने र भोकल स्किललाई अझ निखार्न यो प्रयोग गर्न सकिन्छ । यसमा ८ लाखभन्दा बढी गीत छन्् । यो एपको प्रयोग गरेर आफू एक्लै वा अरुसँग ड्य्ट गाउन सकिन्छ । भ्वाइसलाई फिल्टर गरेर, रेकर्डिङ सबैमा सेयर गर्न सकिन्छ । यो एपको प्रयोगकर्ता अहिले १० करोडभन्दा धेरै पुगिसकेका छन् ।


रेड क्यारिओके सिंग एण्ड रेकर्ड
रेड क्यारिओके सिंग एण्ड रेकर्ड अर्को एप हो, जसमा ७० हजार वटा गीत भेटिन सकिन्छ । आफ्नो स्वरलाई कहाँ सच्याउन सकिन्छ भनेर यसमा प्लेब्याक पनि गर्न सकिन्छ । यसका प्रयोगकर्ता पनि सात मिलियन पुगिसकेका छन् । यसमा पनि इफेक्ट्स प्रयोग गरेर आफ्नो आवाज राम्रो बनाउन सकिन्छ ।

पकेट पिच
पकेट पिचमा भने आफूले गाउने वा गाएको गीतको पिच सुधार गर्न सकिन्छ । सही नोट्स फेला पार्न पकेट पिच एकदमै राम्रो एप रहेका यो एपका प्रयोगकर्ता बताउँछन् । सही नोट पहिचान गर्न यो एप प्रख्यात छ । यसका पनि लाखौं प्रयोगकर्ता रहेका छन् ।

पर्फेक्ट पियानो
पर्फेक्ट पियानोे पनि गीत गाउन रुचाउनेका लागि बनेको एप हो । यो एपको प्रयोग गरेर गीत गाउन अनुभवी पियानिस्ट हुन जरुरी छैन । यसमा स्किल लेभल को पनि मतलब हुँदैन । यसले भोकल प्राक्टिस सेसन गाइड गर्नसमेत मद्दत गर्छ । वार्म अप व्यायामका लागि र साइट रिडिङका लागि यो एप प्रयोग गर्न सकिन्छ । सामान्य पियानो बजाउन पनि यो एप राम्रो विकल्प हुन सक्छ । पक्कै पनि यसले राम्रो पियानो शिक्षकलाई रिप्लेस गर्न सक्ला । तर, पियानो छैन भने पनि एपमा पियानो रहने हुन्छ ।
यी एप गीत गाउन सिक्न सजिलो र निःशुल्क छन् भने केही संगीत पारखीले किनेर समेत यस्ता एप प्रयोग गर्ने गरेका छन् । जस्तैः सिंग हार्मो्निज, सिंगिङ भोकल वार्म अप, वार्म मि अप फर सिंर्गस, टेम्पो वाइ फ्रोजन एपी । यी एप सबै आइओएसमा उपलब्ध छन् भने तिनीहरूको मूल्य एक डलरदेखि सात डलरसम्म छ ।

प्रतिक्रिया दिनुहोस