काठमाडौं उपत्यकामा ३१०७ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, १६ : ४१
काठमाडौं उपत्यकामा ३१०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका १ सय ७३, तथा ललितपुरका ५ सय ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।