नेपालमा थपिए ५७४३ नयाँ संक्रमित, २९९६ जना निको भए, २६ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, १६ : ३१
नेपालमा थपिए ५७४३ नयाँ संक्रमित, २९९६ जना निको भए, २६ जनाको मृत्यु

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

यस्तै २४ घण्टामा २ हजार ९९६ सय जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । नेपालमा हाल ४४ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७९१ पुगेको छ ।